दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।

शिवराज नगरपालिकाद्वारा आयोजित मेयर तथा उपमेयर क्रिकेट कप २०८१ अन्तर्गत दोस्रो चरणको खेलमा वडा नं. ५ ले वडा नं. ४ लाई १० रनले पराजित गर्दै तेस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।

खेलमा वडा नं. ५ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो। निर्धारित १० ओभरको खेलमा ६३ रन बनाउँदै प्रतिद्वन्द्वी टोलीलाई ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा वडा नं. ४ ले अन्तिम ओभरसम्म संघर्ष गरे पनि १० ओभरमा मात्र ५२ रन बनाउन सक्यो। यससँगै वडा नं. ५ ले १० रनको महत्वपूर्ण जित हात पार्दै तेस्रो चरणमा प्रवेश गर्न सफल भयो । वडा नं. ५ का ओपनर ब्याटर अजय पाण्डेले १७ रनको योगदान दिँदै टिमलाई बलियो सुरुवात दिएका थिए ।