दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।

शिवराज नगरपालिकाद्वारा आयोजित मेयर तथा उपमेयर क्रिकेट कप २०८१ अन्तर्गत पहिलो चरणको खेलमा वडा नं. ६ ले वडा नं. १ लाई ४ विकेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ।

खेलमा वडा नं. १ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो। निर्धारित १२ ओभरमा ८ विकेट गुमाउँदै ८९ रनको लक्ष्य प्रस्तुत गर्‍यो।

जवाफमा वडा नं. ६ ले निर्धारित १२ ओभरको अन्तिम बलसम्म संघर्ष गर्दै रोमाञ्चक जित हात पार्यो । ९० रनको लक्ष्य पछ्याउँदै सहबाज खानले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जितको नजिक पुर्‍याए।

खेलको सबैभन्दा निर्णायक क्षण अन्तिम बलमा आयो, जहाँ आसिफले १ रन लिएर आफ्नो टिमलाई जित दिलाए। उनले १५ बलमा शानदार ३१ रन बनाउँदै टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेले।