दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।

शिवराज नगरपालिकाद्वारा आयोजित मेयर तथा उपमेयर क्रिकेट कप २०८१ को पहिलो चरणको खेल वडा नं. २ र वडा नं. ८ बीच सम्पन्न भएको छ ।

खेलमा वडा नं. ८ ले टस जिती पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।  ब्याटिङ गर्न आएको वडा नं. २ का खेलाडीहरूले १० ओभरको खेलमा ७६ रन बनाउँदै प्रतिद्वन्द्वी टोलीलाई जितको लागि ७७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

सुरुवातमै झिनो लक्ष्य पाएर खेल्न आएको वडा नं. ८ ले निर्धारित १० ओभर खेले पनि ५ विकेट गुमाउँदै केवल ५१ रन मात्र बनाउन सफल रह्यो। ५१ रनमा समेटिएको वडा न ८ लाई २६ रनले पछिपार्दै वडा न २ ले सहजे जित हात पर्दै शानदार प्रदर्शन गर्यो । उक्त खेलमा नेत्र रोकाले उत्कृष्ट प्रदर्शन गर्दै १६ रन बनाएका थिए।