शिवराज मेयर,उप-मेयर कप: महिला क्रिकेटमा वडा नं १ फाइनलमा, पुरुषतर्फ वडा नं ४ र ५ विजयी
दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिकाद्वारा आयोजित मेयर तथा उप-मेयर क्रिकेट प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ वडा नं ५ लाई पराजित गर्दै वडा नं १ फाइनलमा प्रवेश गरेको छ। वडा न १ ले अन्तिम ओभरमा जित निकालना सफल भएको थियो ।
पुरुष क्रिकेटतर्फ पहिलो खेलमा वडा नं ३ लाई हराउँदै वडा नं ४ ले सजिलै जित निकाल्न सफल भएको थियो । त्यसैगरी, दोस्रो खेलमा वडा नं ७ लाई पराजित गर्दै वडा नं ५ आर्को चरणमा प्रवेश गरेको छ । प्रतियोगिताका खेल सम्बन्धी जानकारी खेल समितिका संयोजक सन्तोष चौधरीले दिनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























