स्व. काफ्ले परिवारलाई आर्थिक सहयोग तथा प्रेस चौतारी नेपाल,कपिलवस्तुको बैठक सम्पन्न
दिपक खड्का, चन्द्रौटा, कपिलवस्तु
शिवराज ५ नौडिहवा निवासी स्व. दुर्गा प्रसाद काफ्लेको परिवारलाई कपिलवस्तुका पत्रकारहरूको टोलीले एक कार्यक्रमबीच आर्थिक सहयोग हस्तान्तरण गरेको छ। नेपाल पत्रकार महासंघ कपिलवस्तु, प्रेस चौतारी नेपाल कपिलवस्तु, शिवराज नगरपालिका अन्तर्गत रहेका स्थानिय पत्रकार तथा लुम्बिनी दर्पण साप्ताहिकको संयुक्त पहलमा संकलित सहयोग रकम स्व. काफ्लेको बुवालाई हस्तान्तरण गरिएको हो।
नेपाल पत्रकार महासंघ कपिलवस्तुले रु १० हजार, प्रेस चौतारी नेपाल कपिलवस्तुले रु २० हजार, शिवराज नगरपालिका अन्तर्गत रहेका स्थानीय पत्रकारहरूले रु ११ हजार, र लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिकले रु ५ हजार गरी जम्मा ४६ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको पत्रकार महासंघ कपिलवस्तुका कोषा अध्यक्ष मोहन बेल्वासेले जानकारीदिनुभयो ।
सहयोग रकम नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझी तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यक्ष एवं लुम्बिनी दर्पण साप्ताहिकका प्रबन्धक मोहन बेल्बासेले हस्तान्तरण गर्नु भएको थियो ।

कपिलवस्तुका सक्रिय पत्रकारहरूले शोक सभा आयोजना गरी स्व. काफ्लेको सम्झनामा एक मिनेट मौनधारण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए । पत्रकारहरुले शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका थिए । नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले स्व. काफ्लेको निधनमा दुःख व्यक्त गर्दै आगामी दिनमा पनि शोकाकुल परिवारको साथमा रहने प्रतिबद्धता जनाउनु भयो । शोक सभाको सञ्चालन नेपाल पत्रकार महासंघ कपिलवस्तुका सचिव सनिउल्ला धोवीले गर्नु भएको थियो ।
प्रेस चौतारी नेपाल जिल्ला शाखा, कपिलवस्तुको पहिलो बैठक शिवराज नगरपालिका ५ चन्द्रौटामा सम्पन्न भएको छ। बैठकले विभिन्न महत्वपूर्ण निर्णय गर्दै संगठनको भावी कार्ययोजनाबारे छलफल गरेको प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष संजिव गहतराजले जानकारी दिनुभयो ।
बैठकले गत माघ १६ गते सम्पन्न जिल्लाको आठौँ अधिवेशनका विषयमा समीक्षा गरिनुका साथै अधिवेशन सफल बनाउन सहयोग गर्ने निवर्तमान कार्यसमिति, प्रेस चौतारी प्रदेश इन्चार्ज, केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, तथा अन्य सबै सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गरिएको थियो।
बैठकले माघ २२ गतेको स्थापना दिवसका अवसरमा चौतारीले गरेका मानवीय सहयोगको सकारात्मक पक्षको चर्चा गर्दै आगामी दिनमा रचनात्मक कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ।
बैठकले नेकपा (एमाले) द्वारा सञ्चालित ‘जरा अभियान’ लाई प्रभावकारी बनाउनका लागि जिल्लाका सबै पालिकामा समाचार संकलन तथा संप्रेषणका लागि सदस्यहरूलाई जिम्मेवारी तोकेको जिल्ला अध्यक्ष बाबुराम रायमाझीले बताउनु भयो ।
बैठकले संगठनका आगामी कार्ययोजना निर्माणका लागि अध्यक्ष बाबुराम रायमाझीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय गर्दै संगठनको सशक्तीकरणका लागि आवश्यक योजनाहरू तयार पार्ने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























