दिपक खड्का चन्द्रौटा, कपिलवस्तु ।

पुरुष फुटबल प्रतियोगिता अन्तर्गत मेयर उपमेयर प्रतियोगिता २०८१ को  आज उद्धाटन खेल शिवराज खेल मैदान चन्द्रौटामा सम्पन्न भएको छ । उद्धाटन खेलमा वडा नं. १ ले वडा नं. ३ लाई पेनाल्टी सुट आउटमा पराजित गर्दै महत्वपूर्ण जित हात निकाल्दै  खेलको निर्धारित समयसम्म दुवै टिमले उत्कृष्ट प्रदर्शन गर्दै २-२ गोलको रोमाञ्चक बराबरी खेल रोकिएको थियो ।

खेलको सुरुवातदेखि नै शिवराज नगरपालिका वडा न १ आक्रामक शैलीमा प्रस्तुत भएपनि  पहिलो हाफको खेलमा दुवै टिम १-१ को बराबरीमा रोकिएको थियो ।

दोस्रो हाफमा वडा न १ ले केहि समय अग्रता लिएपनि वडा न ३ का कप्तान अकाश मल्लको उत्कृष्ट गोलले वडा न ३ लाई बराबरीमा रोक्दै खेलमा पुन आगमन गर्दे प्रतिस्पर्धालाई अझ रोमाञ्चक बनाएको थियो ।

निर्धारित ९० मिनेटसम्म खेल २-२ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत गरिएको खेलमा वडा नं. १ ले सहज जित निकाल्ना सफल भएको थियो ।  जितसँगै वडा नं. १ प्रतियोगिताको अर्को चरणमा  बाइ पाउँदै सोझै फाइनलमा स्थान बनाउन सफल भएको प्रावधिक संयोजक अरुण सेनले कपुरी अनलाईनलाई जानकारीदिनु भयो ।