दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।

शिवराज नगरपालिकामा फागुण ६ गतेदेखि विभिन्न विधामा खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ। नगर खेलकुद समितिका संयोजक सन्तोष चौधरीले  प्रतियोगिता फागुण ६ देखि १५ गतेसम्म सञ्चालन हुने बताउनुभयो ।

नगरपालिकाले सूचना मार्फत खेलकुदमा सहभागी खेलाडीहरू सम्बन्धित वडाका स्थायी बासिन्दा हुनुपर्ने जानकारी गराएको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिनुभयो । पौडेलले खेलकुद सहभागिताका लागि स्थानिय खेलाडीलाई मात्र प्राथमिकता दिइएको बताउनु भयो।

प्रतियोगितामा क्रिकेट, ब्याडमिन्टन, फुटबल, र कराते खेल समावेश गरिएको र  खेलहरूमा महिला र पुरुष दुबै तर्फका खेलाडीहरूले प्रतिस्पर्धा गर्न पाउने संयोजक चौधरीले जानकारी दिनुभयो। नगरस्तरीय खेलकुद प्रतियोगिताले स्थानिय प्रतिभा पहिचान गर्दै खेलकुद क्षेत्रको विकासमा टेवा पुर्‍याउने र प्रतिभावान खेलाडी उत्पादन गर्ने विश्वास लिइएको छ ।