कपिलवस्तु प्रिमियर लिग क्रिकेटमा मोहुली क्रिक्रेट कल्बको शानदार जित
दिपक खडका चन्द्रौटा कपिलवस्तु ।
कपिलवस्तु, शिवराज नगरपालिका वडा न. ७ मा जारी कपिलवस्तु प्रिमियर लिग (KPL) क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा मोहुली क्रिकेट क्लबले शानदार जित हासिल गरेको छ ।
मोहुली क्रिकेट क्लब र बिद्यानगर क्रिकेट क्लबबीच भएको रोमाञ्चक खेलमा मोहुलीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो । बैटिङको निम्तो पाएको बिद्यानगर क्रिकेट क्लबले निर्धारित १२ ओभरको खेलमा ७ विकेट गुमाउँदै ९१ रनको लक्ष्य प्रस्तुत गर्यो। लक्ष्य पछ्याउन मैदानमा उत्रिएको मोहुली क्रिकेट क्लबले ७ ओभरमै खेल जित्न सफल भयो। मोहुलीको तर्फबाट उत्कृष्ट प्रदर्शन गर्दै गोलुले १९ बलमा आक्रामक ५४ रन बनाएर टोलीलाई सहज जित दिलाए। शानदार प्रदर्शनका लागि गोलु म्यान अफ द म्याच घोषित भएका थिए । खेलको स्कोरिङ मेहताब आलम शाहले गरेका थिए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















