कपिलवस्तु प्रिमियर लिग दोस्रो चरणको खेलमा YPSDC को शानदार जीत
दिपक खडका चन्द्रौटा, कपिलवस्तु
कपिलवस्तु, शिवराज नगरपालिका वडा न. ७ कपिलवस्तु प्रिमियर लिग (KPL) क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो चरणको पहिलो खेल वाइ.पि.एस.डि.सि. युथ पिस सोशियल डेभलोमेन्ट सेन्टर बहादुरगंज (YPSDC) र पत्थरदैइया क्रिकेट क्लब बीच सम्पन्न भयो।
खेलमा टस जितेर ब्याटिङ रोजेको पत्थरदैइया क्रिकेट क्लबले निर्धारित १२ ओभरमै अल आउट हुँदै ६६ रनको लक्ष्य प्रस्तुत गर्यो। पत्थरदैइयाका ब्याट्सम्यानहरूले प्रभावशाली प्रदर्शन गर्न नसक्दा टोली सानो स्कोरमै समेटियो।
६७ रनको लक्ष्य पछ्याउँदै YPSDC ले ९ ओभरमा मात्र ५ विकेट गुमाएर सहजै जित हात पार्यो। टोलीका खेलाडी रोहित वर्माले उत्कृष्ट प्रदर्शन गर्दै ब्याटिङमा १५ रन बनाउनुका साथै बलिङमा ४ महत्वपूर्ण विकेट लिँदै आफ्नो टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । खेलको स्कोरिङ्ग मेहताब आलम शाहले गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























