कपिलवस्तु प्रिमियर लिग दोस्रो राउन्ड: लुम्बिनी प्रदेश क्रिकेट क्लबको फराकिलो जीत
दिपक खडका चन्द्रौटा,कपिलवस्तु ।
कपिलवस्तु, शिवराज नगरपालिका वडा न ७ कपिलवस्तु प्रिमियर लिग (KPL) क्रिकेट प्रतियोगिताको दोस्रो राउन्ड अन्तर्गत जय नेपाल क्रिकेट क्लब, कृष्णनगर र लुम्बिनी प्रदेश क्रिकेट क्लबबीच प्रतिस्पर्धा भएको थियो।
खेलको टस जय नेपाल क्रिकेट क्लब, कृष्णनगरले जिती पहिला फिल्डिङ गर्ने निर्णय गर्यो। टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश क्रिकेट क्लबले निर्धारित १५ ओभरको खेलमा ५ विकेटको क्षतिमा १५७ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो ।
१५८ रनको लक्ष्य पछ्याएको जय नेपाल क्रिकेट क्लब, कृष्णनगर १२ ओभरभित्रै अलआउट हुँदै मात्र ८० रनमा सीमित भयो । खेलमा उत्कृष्ट प्रदर्शन गर्दै युवराज सेनले ३५ बलमा ६३ रनको महत्वपूर्ण योगदान दिए। साथै, बलिङतर्फ पनि प्रभावशाली प्रदर्शन गर्दै आफ्नो स्पेलको ३ ओभरमा १८ रन खर्चिएर २ महत्वपूर्ण विकेट लिएका थिए ।
उनकै उत्कृष्ट प्रदर्शनका कारण लुम्बिनी प्रदेश क्रिकेट क्लबले सहज जित निकालना सफल भयो। खेलमा युवराज सेन ‘म्यान अफ द म्याच’ घोषित भए । स्कोररको भूमिका महताब आलम शाहले निर्वाह गरेका थिए।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















