दिपक खड्का,चन्द्रौटा कपिलवस्तु ।

कपिलवस्तु, शिवराज नगरपालिका-७ कपिलवस्तु प्रिमियर लिग (KPL) क्रिकेट प्रतियोगिता अन्तर्गत तेस्रो खेल वाइ.पि.एस.डि.सि. युथ पिस सोशियल डेभलोमेन्ट सेन्टर बहादुरगंज र मोतिनगर बीच सम्पन्न भएको छ।

टस जितेर ब्याटिङ रोजेको वाइ.पि.एस.डि.सि. युथ पिस सोशियल डेभलोमेन्ट सेन्टर ले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै १०० रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्यो । १०१ रनको लक्ष्य पछ्याउँदै मोतिनगर टोली संघर्षरत रह्यो तर सम्पूर्ण टोली ६४ रनमै अलआउट हुन पुग्यो । उत्कृष्ट प्रदर्शन गर्दै वाइ.पि.एस.डि.सि. युथ पिस सोशियल डेभलोमेन्ट सेन्टरका अहताब आलम ‘म्यान अफ द म्याच’ घोषित भए।