कपिलवस्तु प्रिमियर लिग (KPL) को दोस्रो खेलमा थुनियाको शानदार जित
दिपक खडका चन्द्रौटा,कपिलवस्तु ।
कपिलवस्तु, शिवराज नगरपालिका-७ कपिलवस्तु प्रिमियर लिग (KPL) क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो खेल थुनिया क्रिकेट क्लब र शहाद अलुमुनियम बीच सम्पन्न भयो।
थुनिया क्रिकेट क्लबले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो। ब्याटिङ गर्न आमन्त्रित शहाद अलुमुनियम टोलीले निर्धारित १० ओभरमा १०२ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गर्यो।लक्ष्य पछ्याउन मैदानमा उत्रिएको थुनिया क्रिकेट क्लब ले ८ ओभरमा मात्र ५ विकेट गुमाउँदै सहजै लक्ष्य प्राप्त गर्दै खेल जित्यो । उक्त खेलमा थुनिया टोलीका सागर आचार्य उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























