दिपक खडका चन्द्रौटा,कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ७ मा जारी कपिलवस्तु प्रिमियर लिग (KPL) क्रिकेट प्रतियोगिताको पहिलो खेल बालानगर र महुवादुधार बीच सम्पन्न भएको थियो।

खेलमा बालानगरले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो। महुवादुधारले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा १५२ रनको लक्ष्य प्रस्तुत गर्‍यो। जवाफमा बालानगरले १५२ रनको लक्ष्य पछ्याउने क्रममा ७५ रनमै समेटियो। महुवादुधारले उत्कृष्ट बलिङ गर्दै ७३ रनको फराकिलो अन्तरले खेल जित्न सफल भयो।

उक्त खेलमा महुवादुधारका अर्पणले शानदार प्रदर्शन गर्दै म्यान अफ द म्याचको उपाधि हासिल गरे। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरिरहेका टिमहरूले आगामी खेलमा अझ रोमाञ्चक प्रतिस्पर्धा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । कपिलवस्तु प्रिमियर लिगका अन्य खेलहरूमा पनि स्थानीय खेलाडीहरूको प्रदर्शनलाई हेरचाह गर्न धेरै दर्शकहरूको उपस्थिति रहने विश्वास गरिएको छ।