सञ्जय घर्ति चम्किदा,शिवराज ११ को वडा अध्यक्ष कप जामुन बगियालाई
दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिका वडा नं. ११ मा आयोजित वडा अध्यक्ष क्रिकेट कपको फाइनल खेलमा जामुन बगिया र मर्जादपुरबीच प्रतिस्पर्धा भएको थियो। फाइनल खेलमा टस जितेर पहिला ब्याटिङ गरेको जामुन बगियाले निर्धारित १६ ओभरमा १७३ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा मर्जादपुरको टोली दबाबमा पर्यो र मात्र ७० रनमै समेटिँदै पराजित बन्न पुग्यो ।
उत्कृष्ट प्रदर्शन गरेका जामुन बगियाका संजय घर्ति खेलको हिरो घोषित भए भने सम्पूर्ण प्रतियोगितामा निरन्तर राम्रो खेल प्रस्तुत गरेका सागर आचार्य ‘म्यान अफ द टुर्नामेन्ट’ घोषित भए।
माघ ९ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विजेता बनेको जामुन बगियाले नगद रु १५ हजारको पुरस्कार प्राप्त गर्यो । उपविजेता मर्जादपुरले रु ८ हजारमा चित्त बुझायो। तेस्रो स्थान हासिल गर्ने टोलीले रु ३ हजार तथा चौथो स्थान प्राप्त गर्ने टोलीले रु २ हजार नगद पुरस्कार प्राप्त गरे। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने हरेक पक्षलाई खेल संयोजक आशीष वर्माले धन्यवाद ज्ञापन गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























