मोहली क्रिकेट क्लबको प्रभावशाली जीत, अलताब बाने म्यान अफ द म्याच
दिपक खड्का, चन्द्रौटा, कपिलवस्तु (माघ १८)
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ७ मा जारी कपिलवस्तु प्रिमियर लिग (KPL) क्रिकेट प्रतियोगिता अन्तर्गत मोहली क्रिकेट क्लब र आर.एन क्रिकेट क्लब पिपरा बीचको खेलमा मोहली क्रिकेट क्लबले ३ विकेटको शानदार जीत हासिल गरेको छ।
टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको मोहली क्रिकेट क्लबले विपक्षी टोलीलाई १० ओभरमा मात्र ७१ रनमै सीमित गर्न सफल भयो। जवाफमा, मोहली क्रिकेट क्लबले ८ ओभरमै लक्ष्य भेट्दै खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो।
खेलमा मोहली क्रिकेट क्लबका अलताब बाने म्यान अफ द म्याच घोषित भए । उनले २ ओभर बलिङ गर्दै ३ विकेट लिए भने ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै १३ बलमा १७ रनको योगदान दिएका थिए ।
यस जितसँगै मोहली क्रिकेट क्लबले लिगको यात्रा बलियो बनाएको छ। कपिलवस्तु प्रिमियर लिग (KPL) क्रिकेट प्रतियोगिता स्थानिय युवा क्रिकेट खेलाडीहरूलाई अगाडि बढाउने उत्कृष्ट मञ्च बन्दै गएको खेल संयोजक रहिस शाहले बताउनु भयो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























