दिपक खड्का,चन्द्रौटा, कपिलवस्तु (माघ १८)

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ७ मा आयोजित कपिलवस्तु प्रिमियर लिग (KPL) क्रिकेट प्रतियोगिता अन्तर्गत खान क्रिकेट क्लब र इबारक इन्टनेशनल क्लब बीचको खेलमा खान क्रिकेट क्लबले २ विकेटको सहज जीत हात पारेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको इबारक इन्टनेशनल क्लबले निर्धारित १० ओभरमा ७८ रन बनाएको थियो । ७९ रनको मध्यम लक्ष्य पाएको  खान क्रिकेट क्लबका बलरहरू र ब्याट्सम्यानहरूको उत्कृष्ट प्रदर्शनका कारण टोलीले लक्ष्य सहजै भेट्टाएको थियो ।

खेलमा शिव बाने म्यान अफ द म्याच घोषित भए  बानेले २ ओभर बलिङ गर्दै मात्र ९ रन खर्चिएर ४ महत्वपूर्ण विकेट लिए, जसले विपक्षी टोलीलाई थोरै रनमा समेट्न निर्णायक भूमिका खेलेको थियो ।

खेलमा दर्शकहरूको ठूलो उपस्थिति रहेको र कपिलवस्तु प्रिमियर लिग (KPL) ले जिल्लाका युवा खेलाडीहरूलाई अगाडि बढ्न ठूलो अवसर प्रदान गर्ने खेल संयोजक रहिश शाहले बताउनु भयो ।