दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।

कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ७ मा आयोजित कपिलवस्तु प्रिमियर लिग (KPL) क्रिकेट प्रतियोगितामा आजको खेलमा जय नेपाल सपोर्ट क्लबले ८ विकेटको सहज जित निकालेको छ।

आज भएको खेल इटरोल vs जय नेपाल सपोर्ट क्लब बीच भएको थियो, जहाँ इटरोलले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । इटरोलले १२ ओभरमा ९ विकेट गुमाउँदै ९४ रनको लक्ष्य जय नेपाल सपोर्ट क्लबलाई दिएको थियो।

जय नेपाल सपोर्ट क्लबले ९४ रनको लक्ष्य पछ्याउँदै ८ ओभर २ बलमा सहज जीत हात पार्न सफल भयो। यस खेलमा क्लबका ब्याटर फहिम शाहले २७ बल खेल्दै ५४ रन बनाएका थिए। उनको उत्कृष्ट प्रदर्शनको कारण उनलाई ‘म्यान अफ द म्याच’ घोषित गरिएको थियो।