वडा अध्यक्ष कपमा मर्जातपुर (ए) ४९ रनले विजयी दोस्रो खेल मैटहवाको पक्षमा
दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिका वडा नं. ११ मा जारी वडा अध्यक्ष कपको दोस्रो दिन २ वटा रोमाञ्चक खेल सम्पन्न भएका छन् । पहिलो खेल मर्जातपुर (ए) र सेमरी (बी) बीच भएको थियो । मर्जातपुर (ए) ले उत्कृष्ट प्रदर्शन गर्दै सेमरी बी लाई ४९ रनको फराकिलो अन्तरले हराएको थियो । पहिलो खेलमा कृष्ण कुमार चौधरी उत्कृष्ट प्रदर्शन गर्दे म्यान अफ द म्याच घोषित भएका थिए ।
दोस्रो खेल भदौखर (बी) र मैटहवा (ए) बीच कडा प्रतिस्पर्धा भएको थियो । दोस्रो खेलमा मैटहवा (ए) ले प्रभावशाली प्रदर्शन गर्दै भदौखर (बी) लाई ७ विकेटले हराएको थियो । उक्त खेलका हिरो फसिम खान म्यान अफ द म्याच भएका थिए ।
खेल संयोजक आशीष वर्माले दिएको जानकारी अनुसार माघ ११ गतेका लागि पनि दुई खेलहुने छन् । पहिलो खेल भदौखर (सी) र सडवा बीच हुनेछ भने दोस्रो खेल थुनिया (बी) र थुनिया (ए) बीच हुनेछ।
वडा अध्यक्ष कपमा स्थानीय युवा खेलाडीहरूलाई प्रोत्साहित गर्ने उद्देश्यसहित खेलहरू सञ्चालन गरिएको र प्रतियोगिताले खेलप्रेमीहरूमा उत्साह बढाएको स्थानिय समाज सेवि तथा खेल प्रेमी प्रेम बहादुर रायमाझीले बताउनु भयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























