चन्द्राैटा, १ जेठ ।

चन्द्रौटा स्थित संजीवनी सामुदायिक अस्पतालमा फलफूल वितरण गरिएको छ । कपिलवस्तुकाे शिवराज-५, चन्द्राैटास्थित अस्पतालमा मंगलबार फलफूल वितरण गरिएको हाे ।

कार्यक्रमकाे सहजीकरण राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय बिभाग सदस्य बिजय सापकोटाले गरेकाे लुम्बिनी प्रदेश कमिटी सदस्य बिष्णु हमालले जानकारी दिनुभयो । युवा संघकाे ३५औं स्थापना दिवसकाे अवसरमा अस्पतालमा रहेका बिरामी लगायतलाई फलफूल वितरण गरिएको सापकोटाले बताउनुभयाे ।

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य नेत्रराज अधिकारी , नेकपा एमाले जिल्ला कमिटी कपिलवस्तु सचिव सिवि गहतराज , जिल्ला कमिटी सदस्य जगत पौडेल , कविराज अधिकारी , नेकपा एमाले शिवराज नगरकमिटी उपाध्यक्ष महादेव पाेखरेल ,सचिव शरद अधिकारी ,राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटी सदस्य बिष्णु हमाल राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय बिभाग सदस्य बिजय सापकोटा ,संजीवनी सामुदायिक अस्पताल व्यवस्थापन समिति अध्यक्ष टाेपलाल पाेखरेल वडा अध्यक्ष नेत्र बेल्वासे पार्टीका नगर कमिटी सदस्यहरु जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेकाे थियाे ।