न्युज डेक्स,चन्द्रौटा,कपिलवस्तु ।

शिवराज नगरपालिकाले  सूचना जारी गर्दे चैत १४ र १५ गते अपाङ्गता परिचयपत्र वितरण गर्ने जनाएको छ । नगरले अपाङ्गता भएका व्यक्तिको परिचय-पत्र वितरण कार्यविधि,२०७५ अनुसार अपाङ्गता परिचयपत्र प्राप्त गर्न निवेदन दिएका व्यक्तिहरुलाई आधारभूत सेवा अस्पतालवाट वितरण गरिने शिवराज नगरपालिकाका उप- प्रमुख शिव कुमारी थारुले जानकारी दिनु भयो ।

नगरपालिकाले सूचना जारी गर्दे २०८० चैत्र १४ गते वडा न.१,२,३,४ र ५  चैत्र १५ गते वडा न.६,७,८,९,१० र ११ र छुटेका व्यक्तिहरुलाई १६ गते शिववराज नगरपालिका  वडा ५. मा रहेको आधारभूत स्वास्थ्य सेवा अस्पतालवाट चन्द्रौटा  वाट वितरण गरिने शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारीदिनु भयो ।

प्रमुख पौडेलले निवेदन दिएका व्यक्तिहरुले परिचयपत्र प्राप्त गर्न  आवश्यक कागजातहरु  लाभग्राहीको नेपाली नागरिकता प्रमाण पत्र वा जन्म दर्ता प्रमाण पत्र सक्कल,लाभग्राहीको ३ प्रती पासपोर्ट साईजको फोटो,लाभग्राहीको अपाङ्गताको प्रकृती खुल्ने गरी चिकित्सकबाट प्रमाणित कागजात,अभिभावक वा संरक्षकको नेपाली नागरिकता प्रमाण पत्र सक्कल प्रमाणपत्र लिइ उपस्थितहुनुपर्ने बताउनु भयो ।

नगर उप प्रमुख थारुले उक्त समयमा उपस्थितहुन नसक्ने व्यक्तिहरुलाई चैत्र १६ गते आधारभूत स्वास्थ्य सेवा अस्पतालवाट चन्द्रौटावाट  वितरण गरिने कार्यक्रम रहेको बताउनु भयो ।