शिवराज नगरपालिकाले छन्द कालेबाबु नारायणी आँखा अस्पताल संगको सहकार्यमा निःशुल्क शल्यक्रिया सहित आँखा शिविर संचालन गर्ने शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिनु भयो । नगरपालिकाले सूचना जारी गर्दे शिवराजको विभिन्न स्थानमा चैत्र १४ गतेदेखि २४ गते सम्म शिविर संचालन गरिने सूचनामा उल्लेख गरिएको छ ।

उक्त शिविरबाट शल्यक्रिया गर्नुपर्ने भनि पहिचान भएका मोतियाविन्दुका बिरामीहरुलाई छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल वहादुरगञ्जमा लिई निःशुल्क शल्यक्रिया गर्ने आँखा अस्पताल बहादुरगंजका प्रशासन प्रमुख जसराज विश्वकर्माले जानकारीदिनु भयो ।