प्रेस चौतारीको स्थापना दिवसः कपिलवस्तुमा विविध कार्यक्रम गरी मनाइयो (फिचर फोटो)
राम अवतार चौधरी
चन्द्रौटा, २२ माघ ।
प्रेस चौतारी नेपालले देशैभरी विभिन्न कार्यक्रम गरि २६ औँ स्थापना दिवस मनाएको छ । यसै सन्दर्भमा कपिलवस्तु शाखाले चौतारी मिलन तथा अन्तरक्रिया, शिवराज नगर समितिले प्रेस चौतारी कप टी–१० मैत्रीपूर्ण क्रिकेट र बाणगंगा नगर समितिले महिला पत्रकारका लागि कुर्सी दौड प्रतियोगिता आयोजना गरी स्थापना दिवस मनाइएको प्रेस चौतारी नेपाल कपिलवस्तुले जनाएको छ ।
चौतारी मिलन कार्यक्रममा कपिलवस्तुमा सक्रिया पत्रकारिता गर्दै आएका ३ जना पत्रकारलाई स्वास्थ्य उपचारका लागि ३० हजार रकम सहयोग प्रदान गरेको छ । भारतमा ब्लड क्यान्सरको उपचरार्थ रेडियो शिवराजका स्टेशन म्यानेजर दिपक केसी, सवारी दुर्घटनामा परेका प्राविधिक विज्ञ लक्ष्मण सापकोटा र खुट्टाको अप्रेसन गरी घरमै बसेका विजयनगर एफएममा कार्यरत कृष्ण पौडेललाई जनही १० हजारका दरले आर्थिक सहयोग प्रदान गरिएको अध्यक्ष जानू पाण्डेले जानकारी दिए ।

यसैबीच शिवराज नगरपालिकाकी उपप्रमुख शिव कुमारी थारुले जनप्रतिनिधिले गरेको गलत कार्यको विषयमा मिडियाकर्मीले खबरदारी गर्न आवश्यक रहेको बताईन । खोजमूलक तथा समाजमा सकरात्मक परिवर्तन गर्ने खालका विषय उठान गर्न समेत उनले आग्रह गरिन । स्थापना दिवसको शुभकामना दिँदै नागरिकका जनजीविकाको विषयमा कलम चलाउँदा जिम्मेवार निकायको ध्यान पुग्ने उनको भनाई छ ।

प्रेस चौतारी शिवराज नगर समितिले चन्द्रौटामा आईतबार आयोजित मैत्रिपूर्ण क्रिकेट प्रतियोगितामा प्रेस चौतारीमा आबद्ध पत्रकार र राईजिङ स्टार युवा क्लबबीच प्रतिस्पर्धा रहेको थियो । पत्रकार टिमलाई पराजित गर्दै जित हासिल गरेको थियो । प्रतियोगितामा राइजिङ्ग भेट्रानका खेलाडी शिवराज नगर खेलकुद समितिका अध्यक्ष सन्तोष चौधरी म्यान अफ द म्याच भएका थिए । सोमबार कुर्सी दौडमा सरिता थारु प्रथम, सिता वेल्वासे द्धितिय र गिता थापा तृतिय भएकी छन् ।
यसैगरी चौतारी शिवराज नगर समितिका अध्यक्ष दिपक खड्कालाई भारतमा सम्पन्न शारिरीक अपांगता भएका व्यक्तिहरुको टी २० क्रिकेट प्रतियोगिता र ऐतिहासिक पहिलो टेष्ट प्रतियोगीतामा पहिलो पटक उत्कृष्ट प्रदर्शन गरेकोमा सम्मान गरिएको छ । कार्यक्रममा विजयनगर गाँउपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, वाणगगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी थारु लगायतले सुशासन र विकास निर्माण संगै स्थानीय मुद्धाको बिषयमा प्रेस चौतारीले सञ्चार क्षेत्रमा प्राथमिकताका दिई कार्य गरेको बताएका थिए । अध्यक्ष जानू पाण्डे, लुम्बिनी प्रदेश सचिव हरि अधिकारी, जिल्ला उपाध्यक्ष बाबुराम रायमाझी, उपसचिव कुलराज भुसाल लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























