नेशनल वित्तीयको साक्षरता: ऋण सदुपयोग गर्नुपर्छ
राम अवतार चौधरी
चन्द्रौटा, १५ पुस ।
नेशनल लघु वित्तीय वित्तीय संस्था लिमिटेडले समूह अध्यक्ष कार्याशाला गोष्ठी तथा लघु वित्तीय साक्षरता कार्यक्रम गरेको छ । जिल्लाको शिवराज नगरपालिका वडा नम्बर-३, नयाँबस्तीमा आइतबार कार्याशाला गोष्ठी तथा लघु वित्तीय साक्षरता कार्यक्रम गरिएको हो ।
संस्थाका अनुगमन अधिकृत विष्णु पन्थीले आबद्ध सदस्यहरुले बजारको अवस्थालाई मध्यनजर गर्दै आर्थिक मन्दीलाई चलाएमान बनाउन जे प्रयोजनका लागि लिएको त्यसैमा लगानी गर्नुपर्ने बताए । उत्पादनमूलक कार्यक्षेत्रमा लगानी गरि आयआर्जनमा अघि हुनुपर्नेमा उनले जोडदिए ।
यसैबीच लेखनाथ खनालले संस्थामा आबद्ध रहेका सदस्यहरुलाई नियमित बचत गर्ने बानीको विकास सँगै ऋण लिँदा समयमा तिर्नुपर्ने बताउँदै लगानी उत्पादन मुखी पेशामा लगाउन जिकिर गरे । उनले सदस्यलाई उद्यमशिल बन्न आग्रह गर्दै इच्छुुक महिलालाई सीपमूलक तालिम उपलब्ध गराइ आवश्यक पूँजीसमेत व्यवस्थापन गर्ने बताए ।
करिब ३ बर्षको स्थापनाकालदेखि शाखा विस्तार गरी २६ बढी केन्द्र निर्माण गरि सयौँ सदस्यहरु मार्फत कारोबार गरिरहेको शाखा प्रबन्धक आशिष चौधरीले बताए । तीन वटा उत्कृष्ट समूहका अध्यक्ष, १ जना उत्कृष्ट बचतकर्ता, १ जना उद्यमशिल महिला सदस्यहरुलाई खादामालासहित सम्मानपत्रले सम्मान गरिएको लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धक आशिष चौधरीले जानकारी दिए ।
समूह सञ्चालनका क्रममा भए गरेका समस्याहरुलाई कार्यक्रममा सहभागी सदस्यहरुले उठाएका प्रश्न तथा गुनासाे गरेका थिए । जसलाई अनुगमन अधिकृत विष्णु पन्थीले समाधान प्रतिबद्धता जाहेर गरे । यसैबीच निर्मला बस्नेत, लेखनाथ खनाल र कन्थराज यादवले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























