स्थानीय तहमा बालविकास कार्यविधि निर्माण कार्यशाला
चन्द्राैटा, २७ मंसिर ।
स्थानीय तहमा प्रारम्भिक बालविकास कार्यविधि निर्माण सम्बन्धि परामर्श कार्यशाला कार्यक्रम गरिएको छ । जिल्लाकाे शिवराज नगरपालिकामा बालबालिकाकाे सर्वाङण विकासका लागि स्थानीय तहले कार्यविधि बनाएर अगाडि बढ्ने भएकाे जनाइएको छ ।
शिवराज नगरपालिकाका मेयर अजय थापाले बालविकासका लागि नगरपालिकाले अगाडि बढ्ने प्रतिबद्धता जनाए । भाैतिक विकास मात्र नभएर मानसिक विकास हुनुपर्ने बताउँदै गर्भदेखि सुनाैलाे हजार दिनसम्मको बालबालिकालाई स्याहारसुसार एकदमै महत्त्वपूर्ण रहेकाे उनले बताए । बाल विकासमा कार्यविधि अनुसार नै नगरबासीलाई विकास लगायत कुरामा ध्यान केन्द्रित गर्न आग्रहसमेत थापाले गरे ।
यस्तै प्रशिक्षक माेहनराज निराैलाले कानुनी पक्रिया बारे बताउँदै स्थानीय तहले बालविकासका लागि कार्यविधि बनाएर अघि बढे भविष्यमा मानव जनशक्ति तयार गरि देशलाई आर्थिक, सामाजिक लगायत हरेक तवरले सरकारलाई टेवा पुग्ने बताए । राष्ट्रलाई चलाएमान बनाउन जनशक्ति एक महत्त्वपूर्ण रहेकाेले यसलाई जाेगाई राख्न सबैकाे दायित्व समेत रहेकाे उनकाे भनाइ छ ।

ठूलाठूला देश आर्थिक, राजनीतिक , साँस्कृतिक लगायत आत्मनिर्भर भएर फड्को मारेकाे ज्वलन्त उदाहरण दिँदै शिवराजका जनप्रतिनिधि, कर्मचारीलाई निराैलाले प्रशिक्षण दिएका थिए । नगरका जनप्रतिनिधि, कर्मचारीहरुले बालविकासमा सहयाेग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























