दिपक खड्का,चन्द्रौटा कपिलवस्तु ।

शिवराज नगरपालिकाको चन्द्रौटा चोक लगाएत शिवराज नगरपालिकाको विभिन्न वडाहरुमा पण्डाल स्थापना गरि दुर्गा पुजा भव्यरुपमा मनाइएको राम मौर्यले बताउनु भयो । विजया दशमीको अवसरमा  नवदुर्गा भवानीको मूर्ति राखेर ९ दिनसम्म  विहाना बेलुका आरती पूजा भइरहेको छ ।

तराई क्षेत्रमा दुर्गापुजा गर्ने प्रचलन वर्षो देखि चलिआएको छ । कपिलवस्तु जिल्लामा दुर्गा पुजा गरेका मुर्तिहरु पायक पर्ने खोला र नदिमा भत्तजनहरु सेलाउन जाने चलन रहेको छ ।  मुर्तिलाई शान्ति, सदभावका साथ विर्सजन गर्ने दुर्गापुजा समितिका अध्यक्ष रमेश वर्माले समितिका अन्य सदस्यहरु संग गरिएको सल्लाह अनुसार टिकाको आर्को दिन भव्य कार्यक्रम गरि  विर्सजन गरिने बताउनु भयो ।

त्यसैगरि शान्ति सु–ब्यवस्थाको लागि वडा प्रहरी कार्यालय चन्द्रौटा संग समन्वयमा मूर्ति विसर्जन गरिने समाजसेवी दिपेन्द्र मौर्यले बताउनु भयो ।