दिपक खड्का,चन्द्रौटा कपिलवस्तु ।
नेपालीहरुको महान पर्व दशै अगावै अति विपन्न परिवार एकल महिला,विधवा र बृद्धबृद्धाहरुलाई शिवराज नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । चाडपर्वको मुखमा वृद्ध भत्ता पाउदा वृद्धवृद्धा पाउँदा खुसि भएका छन् । शिवराव नगरपालिकाले दशै अगाडी असोज महिनाको २६ गतेका दिन सामाजिक सुरक्षा भत्ता इ.एफ.टि मार्फत शिवराज नगरपालिका अन्तर्गत रहेका ११ वटा बैङ्कलाई सामाजिक सुरक्षा भत्ता पठाइएको शिवराज नगरपालिकाका लेखा शाखा प्रमुख रामचन्द्र मरासिनीले बताउनु भयो ।
लेखा शाखा प्रमुख मरासिनीले असोज महिनाको १५ गते भित्र सामाजिक सुरक्षा भत्ता पठाउने तयारी भएपनि विभागको प्रणालीमा केहि समस्या भएकोले पैसा पठाउना ढिलो भएको बताउनु भयो । अधिकांश बैंकले दसैँअगावै सामाजिक सुरक्षा भत्ताको रकम वितरण गर्दा चाडबाड मनाउन राम्रो लुगा किन्ने र छोरी–ज्वाइँ, नाति–नातिनालाई टीकाटालो गर्ने अनि घरखर्चका लागि सामान किन्न पाउँदा दसैँ रमाइलोहुने वडा न ५ को सामाजिक सुरक्षा प्राप्त गर्ने लाभग्राही सुमन थारुले बताउनु भयो ।
शिवराज नगरपालिकामा १३ हजार जना सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही रहेको र प्रथम त्रैमासिकमा ७ करोड रुपैया इ.एफ.टि मार्फत बैङ्कवाट वितरण हुने शिवराज नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जनाएको छ । शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाको पहलमा सामाजिक सुरक्षा भत्ता अति अशक्त वृद्धा र अपाङ्गता भएका व्यक्तिहरुलाई वडा मार्फत बैङ्गिक शिविर संचालन गर्न पहल गरेको र अहिले सामाजिक सुरक्षा भत्ता विभागले ढिलो पठाएकोले दशै पछि तिहार मनाउनाका लागि कार्तिक १३ गते देखि प्रत्येक वडामा बैङ्किग शिविर संचालन गर्ने बताउनु भयो ।
दशैको मुखमा शिवराज नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको र तिहार अगाडी सामाजिक सुरक्षा भत्ता वडामा गइ शिविर संचालन गरि वितरण गर्नु सकारत्मक विषय भएको माओवादी केन्द्रका नेता नगर उपाध्यक्ष चिन्ता परियारले बताउनु भयो ।
उद्योग वाणिज्य संघका चन्द्रौटाका अध्यक्ष तथा नेपाली काग्रेसका यस क्षेत्रका सक्रिय नेता इश्वरी पाण्डेले आर्थिक मन्दीको समयमा शिवराज नगरपालिकाले दशैको मौकामा सामाजिक सुरक्षा भत्ता वितरण गर्नु राम्रो भएको र यसले बजारमा आर्थिक चलेमान हुने बताउनु भयो । नेकपा एमालेका नगर अध्यक्ष जगत पौडेले यसरी सामाजिक सुरक्षा भत्ता दशैको मुखमा वितरण गर्नु शिवराजको सराहनीय काम भएको बताउनु भयो वहाँले अरुपालिका भन्दा शिवराज नगरपालिकाले समयमा भत्ता वितरण गर्नु नगरपालिको राम्रो पक्ष भएको बताउनु भयो ।