कमल बिष्ट

कपिलवस्तु, २ कार्तिक ।

कपिलवस्तुको शिवराज नगरपालिका १ को शिवगढी इङलिस स्कूलको सभाहलमा रोटरी क्लव अफ कपिलवस्तुको आयोजना , रोट्रयाक्ट क्लव अफ कपिलवस्तुको सहआयोजना तथा शिवगढी इङलिस स्कूल भूतपूर्व विद्यार्थी मञ्चको प्राविधिक सहयोगमा कार्तिक १ गते  सामाजिक सञ्जालको प्रभावकारी प्रयोग तथा कृतिम बुद्धिमता ( AI) प्रविधिको शशक्तीकरण सम्बधी सचेतना कार्यक्रम  सम्पन्न भएको छ ।

बढ्दो प्रविधिको प्रयोग लाई एवम् सामाजिक संजाल लाई प्रभावकारी तवरले प्रयोग गर्न अपनाउनुपर्ने प्राविधिक विषयमा प्रमुख प्रशिक्षक निराजन आचार्यले सामाजिक सञ्जालको सुरक्षित प्रयोग र AI , Chat GPT सम्वन्धी सहभागीलाई सहजिकरण गर्नुभएको थियो भने साईवर ल  सम्बन्धी प्रावधानका विषयमा  हिमानी गैरेले प्रशिक्षणात्मक सहजीकरण गर्नु भएको थियो।

रोटरीक्लव अफ कपिलवस्तुका अध्यक्ष विष्णु माया अर्यालको अध्यक्षता , सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटाका अध्यक्ष टोपलाल पोख्रेलको प्रमुख आतिथ्यता , लुम्बिनी प्रदेश सदस्य माननिय अर्जुन कुमार के. सी. तथा शिवराज नगरपालिकाका मेयर अजय थापाको विशिष्ट आतिथ्यता , शिवराज नगरपालिका वार्ड नं १ का वार्ड अध्यक्ष खिम विक्रम के . सी . , शिवराज नगरपालिका कार्यपालिका सदस्य प्रेम सुनार , सामाजिक अभियान्ता जनक रावतको आतिथ्यता ,  रोट्रयाक्ट क्लव अफ कपिलवस्तुका अध्यक्ष माया बस्नेतको सं उपस्थिति , शिवगढी भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष रविन लुइटेलको सञ्चालन , रोटरीक्लव कपिलवस्तुका पाष्ट प्रेसिडेण्ट  तोयानाथ गैरेको स्वागत मन्तब्य तथा इमिडेट पाष्ट प्रेसिडेण्ट हेमराज शर्माको धन्यवाद ज्ञापन रहेको सो प्रशिक्षण कार्यक्रमा ८३ जना को सहभागीता रहेको थियो ।