शिवराजमा एमालेको १२औ विस्तरित बैठक तथा शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न
दिपक खड्का
शिवराज नगरपालिका वडा न ५ मा रहेको व्यापार संघको हलमा नेपाल कम्युनिष्ठ पार्टी (एमाले) को १२ औ पूर्ण विस्तारित पार्टी बैठक तथा शुभकामना आदन- प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले शिवराज नगर कमिटिको आयोजनामा संचालन गरिएको कार्यक्रममा विशेष अतिथिको रुपमा नेकपा एमालेका गिरीधारीलाल न्यौपाने, अतिथि नेकपा एमाले केन्द्रिय कमिटि सदस्य शुशिल श्रीवास्तव अतिथि नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तु अध्यक्ष डम्मर शर्मा,प्रदेश कमिटि सदस्य तथा शिवराज नगर इन्चार्ज नेत्रराज अधिकारी,प्रदेश कमिटि सदस्य अर्जुन कुमार के.सी,शिवकुमारी चौधरी,बाबुराम खनाल,चन्द्र बहादुर गहतराज,टोपलाल पोखरेल,बाबुराम सापकोटा,द्रोण प्रसाद अधिकारी,बलराम अधिकारी सहित नगर कमिटि सदस्य तथा वडा कमिटि सदस्यहरुको उपस्थिती रहेको नगर कमिटि सचिव शरद अधिकारीले जानकारी दिएका छन् ।

१२ औ बैठक तथा शुभकामना कार्यक्रममा कविता आचार्यलाई टिका लगाइ नेकपा एमालेमा प्रवेश गराइएको नगर कमिटि सचिव अधिकारले जानकारी दिए । बैठकमा शिवराज नगरपालिका अन्तर्गत रहेका ११ वटा वडा कमिटिका अध्यक्ष तथा प्रतिनिधिहरुले वडामा गरिएका गतिविधि बारे नगर कमिटिलाई रिपोर्टिङ गरेका थिए ।
नेकपा एमालेले शिवराज नगरपालिकाका सम्पुर्ण वडाहरुमा जनता संग जनप्रतिनिधि कार्यक्रम संचलान गरिने कार्यक्रम मार्फत सबैलाई जानकारी गराइएको थियो । कार्यक्रम नेकपा एमाले नगर कमिटि सचिव शरद अधिकारीको संचालन तथा नेकपा एमाले नगर कमिटि अध्यक्ष जगत पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























