दिपक खड्का
शिवराज ननगरपालिका वडा न ५ को रहोटकोल गाँउमा राष्ट्रिय भुमि अधिकार तथा श्रमिक संगठनको टोल भेला मंगल प्रसाद चौधरीको अध्यक्षता र नेकपा एमाले प्रदेश कमिटि सदस्य नेत्रराज अधिकारीको प्रमुख अतिथिय्तामा सम्पन्न भएको छ ।
भेला कार्यक्रमा शिवराज नगरपालिका वडा न ५ रहटकोलमा १६५ जना सुकुम्वासी तथा अव्यवस्थित व्यक्तिहरुको भेलाले ११ सदस्यिय टोल कमिटी गठन गरेको छ । भेलाले मंगल प्रसाद चौधरीको अध्यक्षतामा टोल कमिटि गठन गरेको हो । समितको उपाध्यक्षमा समइ थारु सचिवमा शान्ती कुमारी थारु कोषाध्यक्षमा मिरा चौधरीलाई भेलाले सर्वसहमत चयन गरेको नगर अध्यक्ष जगत प्रसाद पौडेलले जानकारी दिए ।
भेला कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले सुकुम्वासी र अव्वस्थित व्यक्तिहरुलाई छिटै लालपुर्जा वितरण गरि काम अगाडी बढाइएको बताए । उनले १५ दिने सूचना जारी गरि छुट भएका र विवरण फरक भएका व्यक्तिहरुलाई निवेदन दिने वडाले सूचना दिएको बताए ।
भेला कार्यक्रममा आफ्नो भनाइ राख्दै नेकपा एमाले नगर कमिटी उपाध्यक्ष महादेव पोखरेलले नेकपा एमालेको सरकार र शिवराज नगरपालिकामा यस अधि रहेको एमालेको स्थानिय सरकारले भुमिहिन सुकुम्वासीहरुका लागि दुर्तगतिमा लालपुर्जा वितरण गर्ने योजना बनाएको उनले स्मरण गराउदै अन्यदल सुकुम्वासीको नाम भजाउने तर काम नगर्ने बताए ।
पोखरेलले शिवराज नगरपालिकामा स्थानिय सरकार नेकपा एमालेको हुँदा विकासको मुलफुटाएको बताउदै अहिलेको स्थानिय सरकार प्रमुख काम नगर्ने तर गरिबको नाममा भावनात्मक राजनिति गरेको आरोप लगाए । उनले रहटकोलमा आफ्नो पार्टीले नगरको प्रशासकीय भवन बनाउने प्रस्ताव गर्दा अन्य पार्टीवाट संरक्षीत कार्यकर्ताले यस वस्तीमा रहेका सोझो थारुहरुलाई उचालने काम भएको बताए ।
शिवराज नगर कमिटी अध्यक्ष जगत पौडेल एमाले पार्टी सुकुम्वासीहरुको हकहितमा रहेको बताउदै स्थानिय सरकारलाई लालपुर्जा छिटो भन्दा छिटो वितरणका लागि पार्टिले दबाव दिनै बताए । उनले स्थानिय चुनाबमा आफ्नो पार्टिले सानो मतान्तरणले हारेपनि नगरको विकासमा सहकार्य गर्दे सकारत्मक सुझाव दिदै अगाडी बढने बताए ।
शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले भुमिहिन आफै सक्रियहुनु पर्ने बताउदै नगरपालिका भित्र आफ्नो संगठन विस्तार गर्दै स्थानिय सरकार हुदै केन्द्र सरकारमा आफ्नो विषय उठान गर्न सुझाव दिइन् । उनले यो देशमा सरकार चाडोचाडो परिवर्तन हुने भएकोले काम गर्न ग्राहो भएको बताइन् । उनले यस वस्तिमा नगरको तर्फवाट आफुले पटक,पटक विकासको लागु बटेज उपलब्ध गरेको बताउदै । यस गाँउको विकासको प्रमुख सूचक प्रशासकीय भवन भएपनि काम अगाडी बढाउन नसक्नु दुख्द भएको बताइन् ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य पूर्व नगर प्रमुख तथा नगर इन्चार्ज नेत्र प्रसाद अधिकारीले आफु यहि माटोमा हुर्केकोले यस क्षेत्रको विकास जहिलेपनि आफ्नो पहिलो प्राथमिकता रहेको बताउदै सुकुम्वासी र अव्यवस्थित व्यक्तिहरुलाई लाजपुर्जा वितरण कार्यलाई आफ्नो कार्यकालमा सुरुवात गरेपनी नेकपा एमालेको लोकप्रिय सरकार ढलदा काम गर्न नसेको बताए । उनले आफ्नो कार्यकालमा ५०% प्रतिशत काम पुरागरेकोले अहिलेको स्थानिय सरकारलाई काम गर्न सहज भएको बताए ।
भेला कार्यक्रममा नगर कमिटी सदस्य नवराज न्यौपाने सदस्य रणदिप खतिवडाको आतिथ्यिता र मंगल प्रसाद चौधरीको अध्यक्षता तथा मिरा चौधरीको संचालनमा सम्पन्न भएको थियो ।