बिश्वकर्माकाे महत्त्व बुझाउदै रसाइली
रामबहादुर गन्धर्व
कपिलवस्तु, ३ असोज
छुवाछूत बिरूद्व अभियानका केन्द्रीय उपाध्यक्ष मानबहादुर रसाइलीले सम्पूर्ण देवीदेवता तथा बिज्ञानका जन्मदाता बिश्वकर्मा नै रहेको बताए । उनले यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउनु पर्नेमा जोड दिए । राष्ट्रिय बिश्वकर्मा पुजा तथा प्रथम पर्वको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।
बिश्वकर्मा समाज नेपालले बुद्वभुमि नगरपालिका¬¬ १, चफेलामा आयोजित प्रथम पर्व दिवस उदघाटन समारोहमा बोल्ने बक्ताहरूले सफल पर्वको शुभकामना ब्यक्त गर्दै कुनै धार्मिक ग्रान्थहरूमा छुवाछूत ,विभेद नभएको जिकिर गरे । नेपालको राजनीतिक आरोह अवरोहमा दलित समुदायको महत्त्वपूर्ण भुमिका रहदा समेत २१औं शताब्दीमा पनि आफुहरूलाई पछाडि पारेको भन्दै सम्पूर्ण दलित एकजुट भए र लाग्नुपर्ने उनको भनाई छ ।
सो अवसरमा समाजलाई पुर्याएको उल्लेखनीय योगदान प्रति उच्च मुल्यांकन गर्दै केही बृद्व अगुवाहरू– –सहयोगी भुमिका खेल्ने सञ्चारकर्मीलाई टीका सहित दोसल्ला ओढाई सम्मान समेत गरेको छ । सम्मानित हुनेमा टेकबहादुर सुनार, धनबहादुर बि.क.रञ्जित सुनर, धनबहादुर बि.क.रहेका छन् ।
बिश्वकर्मा समाज नेपालले आयोजना गरेको उक्त समारोह जिल्ला कार्य समितिका अध्यक्ष रणबहादुर सुनारको अध्यक्षता ः राष्ट्रिय मगर संघका जिल्ला सचिव बिष्णु सारू मगरको ,छुवाछूत बिरूद्व अभियानका माया गहतराज लुम्बिनी प्रदेश सचिव जोखबहादुर बि.क. शक्ति नेपालका अध्यक्ष श्रीराम मिश्रको बिशिस्ट आतिथ्यता विभिन्न पालिकाका जनप्रतिनिधि, सामाजिक संघसंस्थाका पदाधिकारी स्थानीय समाजसेवी ,बुद्धिजीवी लगायतको सक्रिय सहभागीता रहेको कार्यक्रम कार्य समिति केषाध्यक्ष टेकबहादुर सुनारको स्वागत मन्त्ब्य र प्रबिण बि.क.को सञ्चालनमा सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















