चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिका अन्तर्गत वडा न ५ मा बन्दै गरेको कभर्डहलको ७५% प्रतिशत काम समपन्न भएको काम अकस्मात अवरोध हुन पुग्यो र अहिले त्यो काम अलपत्र परेको छ । शिवराज नगरपालिकाको बनकट्टी चोकमा रहेको डिभिजन वन कार्यालय गौतमबुद्धले लिखित पत्र पठाएको र काम रोक्न परेको उपभोक्ता समितिका अध्यक्ष अरुण सेनले बताए ।
शिवराज नगरपालिकाले खेलाडीहरुको आकांक्षा अनुरुप कर्भड हल निर्माणका लागि आर्थिक वर्ष २०७९।८० को लागि ६० लाख रुपैया विनियोजित गरेको शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले बताए । राष्ट्रिय माध्यमिक विद्यालयको पूर्व तर्फ निर्माण हुदै गरेको कर्भडहलले यस क्षेत्रका खेल प्रेमीहरुलाई खुसि बनाए पनि राजनैतिक दाउपेचले कर्भड हल निर्माण नहुनु दु:खद भएको युवा व्यवसायी शैलेन्द पुनले बताए ।
कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष सेनले यस शिवराज नगरपालिका वडा न ५ चन्द्रौटा क्षेत्रमा विकास हुन नसक्नुको मुख्य कारण भनेको यस क्षेत्रमा विकास विरोधीहरु मानसिकता भएका व्यक्तिहरु बढि हावीहुनु र जुगाँको लडाइ भएको बताए ।
सेनले निर्माण कार्य अन्तिम चरणमा पुगि सकेको र लगभग ३० लाख रुपैया भुक्तानी भइसकेको कभर्डहल राजनैतिक चलखेलले गर्दा वडा न ५ को हरेक विकास निर्माणको काममा अवरोधले नगरमा नकारत्मक सन्देश प्रवाह गरेको बताए ।
गौतमबुद्ध डिभिजन कार्यालयका सूचना अधिकृत गणेश चौधरी संग यस विषयमा जानकारी माग्दा कभर्डहल वन क्षेत्रमा निर्माण भएको र यसको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको बताए । उनले केही समय अगाडी उक्त क्षेत्रको विभागको टोलीले समेत अनुगमन गरेको बताए ।
कभर्डहल निर्माणको विषयमा व्याडमिन्टन खेलाडीहरुले चासो राख्दै आएपनि कभर्डहल निर्माण अवरोध हुँदा निरास भएको र हावा,पानी,खेल्ने स्थानको अभावका कारण कहिले बुद्धभुमिको पत्थरकोट र कहिले कृष्णनगर जानेगरेको हरि सुवेदीले गुनासो गरे । आफ्नो गाँउ-ठाँउमा हुन लागेको विकास अवरोध भएको देख्दा दिक्क लागेको बताए ।
कभर्डहल बन्ने कुरा थाह पाएको दिन खेल प्रति चासो राख्दै आएका स्थानिय युवा कमल गिरिले कभर्डहल निर्माण नहुनु राजनैतिक स्वार्थ रहेको बताए । यस क्षेत्रमा सार्वजनिक वन क्षेत्रमा अधिकाश स्कुल, स्वास्थ्य चौकी,सामुदायिक भवन र हाटबजार निर्माण भएको र कभर्डहल पनि सबैको साझा सम्पती भएकोले यसमा राजनिति हुनु गलत भएको र छिटो भन्दा छिटो यस काममा नगरका सबै राजनैतिक दललाई हातेमालो गरि कभर्डहल निर्माणमा सहयोग गर्न आग्रह गरे ।