काठमाडौं :गीतकार प्रलाद शाहको नयाँ गीत ‘परदेशमा’ सार्वजनिक भएको छ।
लामो समय देखि अमेरिकामा बसोबास गरेर निरन्तर पृथक स्वादका गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका गीतकार शाहको नयाँ गीत परदेशमा सार्वजनिक भएका हो।
बाल्यकालदेखि युवा अवस्थासम्म नेपालको बसाइ र त्यसपछिको परदेश बसाइपछि एउटा मानिसको आफ्ना मनमा उब्जने कुराहरुलाई गीतकार जस्ताको त्यस्तै ‘परदेशमा’ मार्फत व्यक्त गरेका छन्।
गायक किरण भुजेलको स्वर, दीपकराज बिश्वकर्माको सगीत र उदयराज पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई राइट ट्युन इन्टरटेन्टमेन्टले निर्माण गरेको हो। विशाल थापाको सीनेमाटोग्राफी, फराज अर्पणको सम्पादन रहेको छ।
गीतकार शाहका यसअघि मंगली, मेरी आमा, परानै दिन्छु, चानचुन पैसा,भेट हुदा, सयौ कारण, सरला, सितल जुन, तिमीलाई कति माया गर्छु लगायत दर्जनौ गीत बजारमा आएका छन्।