शिवराज नगरपालिकामा नयाँ एम्बुलेन्स उद्धाटन आज बाट सेवा संचालन
शिवराज नगरपालिकाले नयाँ एम्बुलेन्स उद्धाटन गरि संचालनमा ल्याएको छ । नगरपालिकाले भारतिय राजदुतावासको सहयोग तथा पुर्व माननिय अभिषेक प्रताब शाहको पहलमा एम्बुलेन्स प्राप्त गरि आजदैखि संचालनमा ल्याएको छ । बिरामीलाई भरपर्दो र सुलभ सेवा दिने उद्देश्यले निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याइएको नगर प्रमुख अजय थापाले बताए ।

थापाले नगरभित्र रहेका गर्भवति महिलाहरुलाई निशुल्क सेवा र नगरभित्र हुने कुनैपनि आकस्मिक घटनामा एम्बुलेन्सले सेवा दिने छ । नगरभित्रका कुनैपनि ठाउँमा दुर्घटना जस्ता आकस्मिक घटना भएमा उक्त घटनामा नगरको एम्बुलेन्सले सेवा दिने थापाले बताए । गर्भवती महिलाहरुलाई निशुल्क सेवाले नगरवासीलाई ठूलो राहत पुग्नेछ ।’
स्वास्थ्य संस्थासम्म पुग्न पैसा नहुँदा धेरै मान्छेहरु उपचार सेवाबाट बञ्चित भइरहेको अवस्थामा पैसाका कारण कोही उपचार सेवाबाट बञ्चित हुन नपरोस भनि नगरले एम्बुलेन्स संचालनमा ल्याएको हो । शिवराज नगरपालिकाले शव व्यवस्थापन र ल्याउने र लाने कार्य गरि रहेको नगर प्रमुख थापाले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















