नेपालमा घट्यो कृषक परिवारको संख्या, ७१ बाट ६२ प्रतिशतमा झर्याे
काठमाडौं : सरकारले राष्ट्रिय कृषि गणना २०७८ सार्वजनिक गरेको छ। केन्द्रीय तथ्याङ्क विभागले बिहिबार कृषि गणना सार्वजनिक गरेको हो।
२०१८ सालदेखि हरेक दश दश वर्षमा कृषि गणना हुँदै आएकोमा राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग) ले २०७८ चैत्र १ गते देखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ सम्म सातौं राष्ट्रिय कृषि गणनाको स्थलगत तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गरेको थियो।
तथ्यांक कार्यालयका अनुसार यसपटक ७५३ वटै पालिकासम्मका कृषि तथ्याङ्क सङ्कलन गरी प्रकाशन गरिएको छ। नेपालमा कृषक परिवारको संख्या घटेको पाइएको छ। तथ्यांकअनुसार कृषिगणना २०७८ अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषि गणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो।
यस्तै,कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७ सय ८९ कृषक परिवारले २२ लाख १८ हजार ४ सय १० हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको छ। अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६ सय ३९ हेक्टर जग्गामा कृषि कार्य गरेको देखिएको थियो।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















