कपिलवस्तु, ३० साउन ।

कपिलवस्तुको विजयनगर गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । सोमबार बसेको बैठकले गत आर्थिक वर्षमा विजयनगर विपदमा वितरण गरिएको सामग्रीहरु सार्वजनिक गरेको छ । हालसम्म गाउँपालिकाभित्र विभिन्न विपद तथा जोखिममा परेका ३ सय ५ जना नागरिकलाई सहयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले १ सय १५ जनालाई जस्तापाता तथा पाइप, १ सय १० जनालाई खानेपानी नल्का सेट, ४६ जनालाई स्टेशनरी, झोला तथा लगायतको ड्रेस सामग्री, १९ जनालाई विद्युत तार, १५ जनालाई खाद्यान्न सामग्री वितरण गरिएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

विपन्न गरिब, आगलागी र बाढी पिडितलाई उक्त सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिए । अहिलेसम्म वर्षाका कारण विजयनगर गाउँपालिकमा क्षति नभएको उनले जनाए ।

उनले यस वर्ष विजयनगर गाउँपालिकामा विपद व्यवस्थापनको लागि अत्यावश्यक सामग्री खरिद गरिने, लापरवाहीबाट आगलागी हुने गरेकोले जनचेतना कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिने, आँखा पाक्ने रोगलाई रोकथामका लागि आँखाको औषधी वितरण, आँखा जाँच तथा सचेनतामुलक कार्य रहेको जनाइएको छ ।

पशुचौपायामा देखिएको लम्पी स्कीन रोगलाई रोकथाम गर्न निःशुल्क रुपमा पशु शाखाबाट उपचारको व्यवस्था गरिने बताइएको छ ।