बालज्योति माविमा अभिभवकहरुसँग अन्तरक्रिया
आर.ए. अन्जान
चन्द्रौटा, २६ साउन ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–८ बिसुनपुर अवस्थित बाल ज्योति माध्यमिक विद्यालयमा अभिभावकहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ । बिहीबार सो विद्यालयमा शैक्षिक गुणस्तर सुधार गर्न यस बर्षको प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । 
विद्यालयमा हुने गरेको गतिविधि लगायत विद्यार्थीहरुको सिकाई तथा उपलब्धि लगायतको बिषयमा अभिभावकहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । व्यवस्थापन समितिका अध्यक्ष मुल चन्द यादवले विद्यालयले गरेको प्रगतिबारे जानकारी गराएका थिए । 
उनका अनुसार विद्यालयमा अध्यनरत ७ जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । विगतभन्दा अहिले शैक्षिक सुधार भएको अध्यक्ष यादवले दावी गरे । पछिल्लो समय समितिका पदाधिकारी, शिक्षक लगायत विद्यार्थीको सक्रियतामा भौतिक तथा शैक्षिकस्तर सकरात्मक सुधार भएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























