तौलिहवा,कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका तौलिहवामा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले देवेन्द्र किरण श्रीवास्तवको संयोजक्तमा १५१ सदस्यीय नागरिक अभिन्दन मूल समारोह समिति गठन भएको शिवराज नगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष चित्र बहादुर के.सीले बताए ।

अभिनन्दन कार्यक्रमको प्रचार प्रसार र भव्य जनसागरको उपस्थितिहुने गरि योजना निर्माण गरिएको के सीले बताए । के.सीले श्री महाराजाधिराज सरकारको उपस्थितिलाई व्यवस्थित बनाउन र गाँउ गाँउ वाट जन-लहर ल्याउन विभिन्न उप सतिति समेत गठन गरेको बताए । अभिनन्दन कार्यक्रम संचालन हुने स्थान र मितिको घोषणा केहीदिन पछि गरिने संयोजक श्रीवास्तवले जानकारी दिए ।