शिवराज नगरपालिकाले शिवराज खेल महोत्सव २०७९ यहि माघ १८ गते देखि संचालन गरेको छ । माघ २९ गते सम्म चल्ने प्रतियोगितामा १६ सय ५० जना खेलाडीहरुको सहभागिता हुने शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख पुर्ण बहादुर विश्वकर्माले बताए । खेल संचालन हुदै गरेको समयमा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा खेल मैदानमा पुगि खेलाडीहरुलाई हौसला प्रदान गरेको नगर खेलकुद विकास समितिका संयोजक सन्तोष थारुले बताए । नगर प्रमुख थापाले खेलाडीहरु नगरका गहना भएकोले थप हौसला दिन खेल मैदानमा खेल अवलोकन गर्न आएको कपुरी अनलाइनलाई बताए ।