शिवराजमा मदरसाका धर्मगुरुहरुको लागि खोप तथा सरसफाई कार्यक्रम ।
शिवराज चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिका वडा न ५ मा शिवराज नगरपालिका भित्र रहेका मदरसाका धर्मगुररुहरुलाई खोप तथा सरसफाई सम्बन्धी एक दिने अन्तरक्रिया सम्पन्न गरेको छ । शिवराज नगरपालिकाले स्वास्थ्य शाखा मार्फत संचालन गरिने खोप तथा सरसफाई कार्यक्रमलाई प्रभावकारी बनाउना मदरसाका मौलाना तथा अगुवाहरुलाई एक दिने अन्तरक्रियामा कार्यक्रमा सहभागी गराईएको शिवराज स्वास्थ्य शाखा अधिकृत पुर्णिमा खनालले बताइन् ।
कार्यक्रमा शिवराज नगरपालिकाले खोप कार्यक्रममा संचालन गर्दा नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्था वाट आर्थिक वर्ष ०७८।०७९ मा विभिन्न सुचकमा प्राप्त गरेको तथ्याङ्कको आधारमा वार्षिक लक्ष्य र प्राप्त गरेको उपल्बधी बारे छलफल गरिएको खनालले बताइन् । छलफलमा उपस्थित धर्मगुरु मौलानाहरुले आफनो समुदायमा यस बारे जानकारी गराउने गरेको मौलाना सलिम मोहम्दले बताए ।
कार्यक्रममा बोल्दै वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले खोप तथा सरसफाईले गर्दा बालबालिकाहरु स्वस्थ्य तथा निरोगि हुने बताए र।
कार्यक्रम शिवराज नगरपालिका वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेको अध्यक्षता स्वास्थ्य शाखा अधिकृत लता के.सी तथा पुर्णिमा खनालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























