समन्वयात्मक बैठक शिवराजमा बैशाख ७ गते कोभिड-१९ विरुद्धको पुर्ण खोप घोषणा गरिने ।
शिवराज नगरपालिकाको आयोजना र सुआहरा दोस्रोको आर्थिक प्रावधिक सहयोगमा कोभिड-१९ विरुद्धको समिक्षा बैठक एवंम खोपको प्रभाकारी बारे समन्वायात्मक बैठक शिवराज नगरपालिका वडा न ५ को सभाहलमा सम्पन्न भएको छ ।
शिवराज नगरपालिका सहित कपिलवस्तुको १० वटै पालिकालाई कोभिड-१९ विरुद्धको खोप पुर्णता भएको पालिका घोषणा गरिने सुआहारा दोस्रो आर्थिक प्रावधिक सहयोग,कालिका स्वावलम्वन सामाजिक केन्द्र र शिवराज नगरपालिकाको सहकार्यमा समुदायमा खोप अभियान संचालन गरि पुर्ण खोप सुनिश्चता घोषणा गरिने शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराइले जानकारी दिए ।
शिवराज नगरपालिका भित्र रहेका १२ वर्ष देखि माथीका व्यक्तिहरुले कोभिड विरुद्धको खोप ल्गाए नल्गाएको सुनिश्चता बैशाख ७ गते गरिने र शिवराज नगरपालिका भित्र रहेका व्यक्तिहरुले खोप ल्गाएको नल्गाएको बारे घर-घुरी सर्वेक्षण गरि पहिचान गर्ने र छुटेकाहरुलाई खोप लगाउने व्यवस्था मिलाउनुका साथै खोप कार्यक्रमलाई प्रभावकारी बनाउन वडा-वडामा स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्वंयम सेविकाहरुलाई परिचालन गरिने भट्टराईले जानकारी दिए ।
कोभिड – १९ विरुद्धको खोप लगाएको सुनिश्चत गर्न शिवराज नगरपालिकाको नगर खोप समन्वय समितिले निरन्तर अनुगमन गर्ने शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बताए । अधिकारीले बैशाख ७ गते घोषणा हुने ल्क्षय सहित स्वास्थ्य कर्मिलाई फिल्डमा काम गर्न आग्रह समेत गरे । समितिले प्रत्येक वडाको २० वटा घरधुरीमा रेन्डमली सर्वेक्षण गरिने र घोषणा कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न वडा बासिहरुलाई सहयोग गर्न आग्रह गरे । कार्यक्रममा शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारी उपमेयर शिव कुमारी थारु प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद अर्याल सुआहारा दोस्रोका प्रितम श्रैष्ठ सुआहारका कार्यक्रमाका फिल्ड संयोजक कमला सापकोटा ल्गाएत स्वास्थ्य कर्मीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























