चन्द्रौटा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको उम्मेदवारको नामावली प्रकाशन ।
चन्द्रौटा, चैत्र ९ गते । धैरे समय देखि चन्द्रौटा खाने पानी उपभोक्ता तथा सरसफाई समितिको रोकिएको निर्वाचनका प्रकिया यहि मिति २०७८।१२।०९ गते विहाना ९ बजे देखि ११ बजे सम्म मनोनयन तालिका अनुसार ९ जनाको उम्मेदवारी परेको र उनिहरुको नाम सार्वजनिक गरिएको वडा न ५ का वडा अध्यक्ष तथा निर्वाचन मण्डलका संयोजक अर्जुन बहादुर पाण्डेले जानकारी दिएका छन् । मिति २०७८ साल फाल्गुण २२ गते निर्वाचन मण्डलका संयोजक पाण्डेको संयोजकतामा बसेको बैठकले उपभोक्ता संग बक्यौता रकम उठाने र निर्वाचन मिति तोकने निर्णय गरिएको पाण्डेले बताए ।

संयोजक पाण्डेले खाने पानी उपभोक्ता तथा सरसफाई समितिले लामो समय सम्म अस्त व्यस्त भएको खाने पानी संस्थालाई चुस्त दुरुस्त बनाउना संस्थाले दिएको मार्गदर्शन अनुसार काम गरेको बताए । विगतका वर्ष इलाका प्रशासन कार्यालय चन्द्रौटाले उपभोक्ताको उजुरीको आधारमा चन्द्रौटा खाने पानीलाई एक एक महिना भित्र साधारणसभा गरी लेखा प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको थियो । भए पनि काम चलाउ समिति केही गर्न नसक्दा वडा अध्यक्षको हैसियतले आफुले जिम्मेवारी निर्वाह गरेको र भितर सहमती गर्ने र बाहिरा हल्ला गर्ने दुई जिब्रे व्यक्तिहरुको पछि नहिडना उपभोक्ता हरुलाई आग्रह गरे ।
खानेपानी आयोजना सम्पन्न गर्नका लागि २५ प्रतिशत नगर विकास कोषको ऋण, ५ प्रतिशत उपभोक्ता र साना शहरी खानेपानी तथा सरसफाई आयोजनको लगानी रहेको खाने पानी संस्थाले प्रगति गर्न नसकेको चन्द्रौटा निवासी गोपाल बन्जाडेले बताए ।
संस्था गठन भएको ८ वर्ष बित्दा पनि समितिले पुर्णता नपाउनु र विकासमा अबरुद्ध गरि अनिर्णयको बन्दि बनाएको विषय दुखद रहेको व्यापार संघका अध्यक्ष तथा शिवराज नगरपालिकाका नगर उपाध्यक्ष महादेव पोखरेलले बताए ।
कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटा क्षेत्रका बासिन्दाहरु लामो समयसम्म पानीको अभाव झेल्दै आएकोमा वि.सं.२०७१ सालमा चन्द्रौटा क्षेत्र भित्र रहेका घर परिवारलाई शुद्ध पिउने पानी उपलब्ध गराउने उद्धेश्यका साथ संस्था गठन गरे पनि उद्धेश्य अनुसार काम गर्न नसकेको पोखरेलले बताए । संस्था गठन भएको ८ वर्ष बित्दा पनि आपसी खिचातानीले यस क्षेत्रका वासिन्दा यसको मारमा परेको समेत गुनासो गरे ।
उम्मेदवारहरु
१.दमन प्रसाद क्षेत्री
२.लक्षमी उपाध्यक्ष
३.कृष्ण प्रसाद अधिकारी
४.ज्ञान बहादुर बैजाली
५.शहेन शाह खाँ
६.विष्णु गुप्ता
७.धन कुमारी सुवेदी
८.राज कुमारी थरुनी

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























