केशव बेल्वासे, कपिलवस्तु – शिवराजमा हालसम्म ३० हजार बढिले हात्तीपाइले विरुद्धको औषधि सेवन गरीसकेका छन । गत शनिबार शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले औषधि सेवन गरेर अभियानको सुरुवात गर्नुभएको थियो ।

अभियानको ५ औँ दिनसम्म आईपुग्दा शिवराजमा ३० हजार बढिले औषधि सेवन गरीसकेको शिवराज नगर स्वास्थ शाखा प्रमुख चुडामडि भटराईले जानकारी दिनुभयो ।

शिवराज नगर भित्रमा ७५ हजारलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने लक्ष्य रहेको उहाले बताउनुभएको छ । १ हप्तासम्म चल्ने अभियानमा छुटेकाहरुलाई पछि एक दुईदिन थपेर औषधि खुवाईने पनि उहाले जानकारी दिनुभयो ।

हाल घरघरमा, विद्यालय टोल र उद्दोगहरुमा पुगेर औषधि खुवाईरहेको स्वास्थ शाखा प्रमुख भटराईले बताउनुभयो । स्वास्थ शाखा प्रमुख भटराईले आम नागरीकलाई ढुक्क भएर औषधी सेवन गर्न पनि अनुरोध गर्नु भयो । यो रोगलाई निवारण गर्न एक मात्र बिकल्प औषधी सेवन रहेको बताउनु

१३ बर्ष देखि अभियान संचालन गरिए पनि नागरिकहरुले ईमान्दारीपुर्वक औाषधी सेवन नगर्दा जिल्लामा यो प्रमुख समस्याका रुपमा रहेकाले सबैले औषधि सेवन गरेर यो अभियानलाई सफल पार्न पनि आग्रह गर्नुभयो ।

कपिलवस्तु लगाएत देशभरका १० जिल्लामा नै गत शनिबारदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान जारी रहेको छ ।