गरिमा बिकास बैंकको बित्तिय साक्षरता कार्यक्रम सम्पन्न
बिश्व नारी दिवसका अवसरमा चन्द्रौटा कलस्टर अन्र्तगत गरिमा बिकास बैंकले बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
गरिमा बिकास बैंकले शिवराज नगरपालिका र विजयनगर गाँउ पालिका बजारसहित वरपरका बजार क्षेत्रमा (क्यु आर प्रोमोटिङ) तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरिएको हो ।
देशभर १२० शाखा रहेको गरिमा बिकास बैंकले समय सापेक्ष सामाजिक उत्तरदायित्वसहित बित्तिय साक्षरता अभियान सञ्चालन गर्दै आएको छ ॥ गरिमा बिकास बैंक चन्द्रौटा शाखाका प्रवन्धक युवराज बेल्वासे ले जानकारी दिए ।
सामाजिक क्षेत्रको बिकासमा टेवा होस भन्ने उदेश्यसहित यस क्षेत्रका उद्योगी ब्यवसायीमा डिजिटल प्रविधिको प्रयोगमा पहुच पुयाउन यस्ता गतिविधिहरु नियमित सञ्चालन गरिने बेल्वासेले बताए।
करिव १५० वटा पसल तथा ब्यवसायीहरुकाबिच साक्षरता कार्यक्रम सम्पन्न गरिएको बेल्वासेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























