नेशनल हेल्थ किल्निकलको नाममा उजुरी,किल्निक बन्द गर्न आदेश ।
कपिलवस्तु जिल्लाकाे शिवराज न.पा ५ चन्द्राैटामा रहेकाे नेशनल हेल्थ किल्निकल शिवराज नगरपालिकाले बन्द गर्न आदेश दिएकाे छ । अनुगमनका क्रममा नेशनल हेल्थ किल्निक संचालन गर्नका लागि कुनै पनि मापदण्ड पूरा नगरेकाे, विना ईजाजत बिरामि जाँच गरेकाे, नगरपालिका संग अनुमति नलिएकाे भेटिएकाेले तुरून्त बन्द गर्ने आदेश दिएकाे अनुगमन टाेलिकाे संयाेजक ईलाका प्रशासन कार्यालय चन्द्राैटाकाे प्रमुख नारायण पाण्डेले बताए ।
बिरामिकाे उपचारमा लापरवाहि भएकाे भन्दै ईलाका प्रशासन कार्यालयमा उजुरी परेकाेले अनुगमन गरिएकाे ईलाका प्रशासन कार्यालय चन्द्राैटाकाे प्रमुख पाण्डेले बताए । मानव जिवनकाे स्वास्थ्य महत्वपुर्ण विषय भएकाेले यसरी अबैधानिक रूपमा संचालन गर्ने सबै ब्यवसायीहरूले बैधता प्राप्त गर्नु पर्ने अन्यथा कानुनकाे दायरामा ल्याई कारवाही गरिने शिवराज नगरपालिका प्रशासकिय प्रमुख गणेश अर्यालले बताए । नगर भित्र रहेका किल्निक, पाेलिकिलिनिक, औषधि पसल मापदण्ड पूरा नभएकाहरू स्वास्थ्य शाखामा सम्पर्क गरे हामी सघाउने अन्यथा कारवाहि गरिने स्वास्थय शाखा प्रमुख चुडामणी भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























