कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ९ शिवगढि माओवादी पार्टीको किल्ला भए पनि एमाले प्रवेशको लहर चलेको छ ।स्थानिय तहको निर्वाचन २०७४ मा यस वडा वाट माओवादीका वडा अध्यक्ष भारी मतले विजयी भएका थिए । शिवराज नगरपालिका वडा न ९ नेकपा एकाले वडा कमिटिको आयोजनामा दुई सय बढि  कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन ।

नेकपा एमाले वडा नं ९ वडा कमिटिको आयोजनामा भएको पार्टि प्रवेश तथा प्रशिक्षण कार्यक्रममा २ सय ५०  जना एमालेमा प्रवेश गरेको वडा कमिटि सचिब पदम सुनारले बताए ।

नेकपा (माओेवादी केन्द्र) बाट २ सय २० जना, नेपाली काँग्रेसबाट २० जना र अन्य पार्टीबाट १० जना गरी २५० जना एमालेमा प्रवेश गरेको सुनारले जानकारी गराउनुभयो । नेकपा एमाले पोलिट व्युरो सदस्य तथा राष्टिुय शभा सदस्य बिमला घिमिरे र एमाले जिल्ला अध्यक्ष डम्बर शर्माले उनिहरूलाई टिका लगाएर पार्टी प्रवेश गराएका थिए ।

पोलिट व्युरो सदस्य बिमला घिमिरेले कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सत्ताको लोभमा नेपाली काँग्रेस पार्टीसँग मिलेर  गठबन्धन सरकार बनाए पनि नीति, सिद्धान्त विपरीत काम गर्दै देशलाई अस्थिरतातिर लगेकोे बताइन् । उनले प्रचण्डले भाषणमा मात्र विकासको बारेमा कुरा गर्ने बताउँदै एक षड्यन्त्रकारी प्रपञ्च रच्ने र जनतालाई सडकमा उतारेर देशप्रति झुठो बहादुरी देखाउने गरेको बताइन् । प्रचण्डले कहिल्यै जनताको हित र भलो हुने काम गरेनन उनले बताइन् ।  प्रधानमन्त्री बन्ने सपनाले शेर बहादुर देउवासँग एमालेबाट मावध कुमार नेपाललाई फुटाएर गठबन्धन सरकार बनाइएकोले देश ठुलो दुर्घटनामा गएको बताइन् ।   उनले एमालेमा प्रवेश गर्नेको लहर चलिरहेको बताउँदै अब आगामी दिनमा प्रदेश र संघीय निर्वाचनमा एमाले एक्लै एकतिर भए पनि एमालेको सरकार बन्ने निश्चित भएको ठोकुवा गरिन् ।  उनले गठबन्धन सरकार पत्तासाफ हुने र एमालेको सरकार देशमा सबैभन्दा बलियो बनेर निस्कने दाबि गरिन् ।

यस्तै नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बर शर्माले नेकपा एमाले मात्र देशको विकासमा आमूल परिवर्तन ल्याउन सक्ने बताउँदै स्थानीय तहदेखि प्रदेश र संघीय निर्वाचनमा सबैले गोलबद्ध भई एमालेलाई जिताउनुपर्ने बताए । उनले एमाले पार्टीसँग काँग्रेस, माओवादी केन्द्र र अन्य पार्टीको लड्ने क्षमता नभएकाले डराएर अब आउने निर्वाचनमा प्रचण्ड, माधव कुमार नेपालले गठबन्धन  गरि सत्तामा पुग्ने ठुलो सपना देखिरहेको बताए । प्रचण्डले जनताको माझमा जहिले पनि विकासको एजेन्डा भन्दा झुठो भ्रमको खेती गर्दै हिडेको उनले बताए।

उनले देशको हरेक सवालमा एमालेले मात्र विदेशसँग आँट गरि राष्ट्रको रक्षा हुने कार्य गरेको बताउदै अरु पार्टीले दक्षिणपन्थी र अवसरवादी भएका कारण अहिले देशको अवस्था दुरगतितर गइरहेको बताए।

अब सबैले एमालेलाई जिताउन एकजुट हुँदै पार्टीका गतिविधिहरुमा लाग्न अनुरोध समेत गरे । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव सिवि गहतराज, उप– सचिव अर्जुन कुमार केसी, प्रदेश कमिटी सदस्य बेगम विश्वकर्मा, सचिबालय सदस्य तथा शिवराज नगर प्रमुख नेत्रराज अधिकारी लगायतले सम्बोधन गरेका थिए ।

वडा कमिटी अध्यक्ष अशोक मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटि सदस्य तथा शिवराज नगर उप प्रमुख शिवकुमारी थारु, एमाले शिवराज नगर इन्चार्ज टोपलाल पोख्रेल, नगर कमिटि अध्यक्ष जगत पौडेल, उपाध्यक्ष महादेब पोख्रेल, जिल्ला तथा नगर कमिटि सदस्य लगायत पार्टिका नेताहरुको सहभागिता रहेको थियो ।