लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण कार्यक्रम शिवराजमा ।
शिवराज नगरपालिकालाई लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण सम्बन्धी स्वास्थ्य निति योजना र बजेट सम्वेदनशीलताका लागि सचेतीकरण कार्यक्रम शिवराजमा सम्पन्न भएको छ ।

कार्यक्रमले कानुनी तथा नितिगत व्यवस्थाको अवस्था,संस्थागत व्यवस्थाको वर्तमान अवस्था,मानव व्यवस्थापन र अनुगमन मुल्याङ्कन मुख्य सुचक रहेको कार्यक्रमका सहजकर्ता फेयरमेडकी मन्जु पाण्डेले बताइन् ।
नेपालको संविधानको प्रस्तावनामा नै लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई आत्मसात गरिएको छ । यसलाई मौलिक हक र राज्यका निर्देशिक सिद्धान्तहरुमा पनि व्याख्या गरिएको र नेपाल सरकारको नीति, कार्यक्रम तथा बजेट वक्तव्यहरु र विभिन्न कानूनी दस्तावेजहरुमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका मुद्दाहरूलाई सम्बोधन गर्दै राष्ट्रिय प्राथमिकतामा राखिएकोले शिवराज नगरपालिकाले पनि कार्यविधि तयार गरि यस कार्यलाई शिवराज नगरपालिकाले कार्यान्वयन गर्न शिवराज नगरपालिकाका मेयर नेत्रराज अधिकारीले बताए ।
महिला तथा बञ्चितीमा परेको वर्गहरुलाई विकासको मूलप्रवाहमा ल्याई समावेशी विकास गर्न विभिन्न सरोकारवाला निकायहरुले विभिन्न प्रयास गर्दै आइरहेका र यसता विभेदलाई न्युनिकरण गर्दे अगाडी बढने अधिकारीले बताए ।
विकेन्द्रित प्रकृया अनुरुप स्थानीय स्तरको योजना र कार्यक्रम तर्जुमाका सबै चरणमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण एवम् मूलप्रवाहीकरणका प्रकृयामा आवश्यक समन्वय गर्दे लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कायम गर्नु हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले आफ्नो क्षेत्रका विकासका लागि आवधिक र बार्षिक योजना तर्जुमा गर्दा महिला र बालबालिका तथा पिछडिएको समुदायको विकासको लागि आयमूलक तथा सीपमूलक कार्यक्रमहरुलाई प्राथमिकता दिनुपर्ने यु एस एड स्वास्थ्यका लागि सक्षम प्रणालीका नारायण धिताले बताए ।
शिवराज नगरपालिका अन्तर्गतका कार्यपालिकाको कार्यालय, विषयगत शाखा, वडा कार्यालय तथा विकास साझेदार र सामुदायिक संस्थाहरुलाई संस्थागत एव कार्यगत रुपमा लैंङ्गिक तथा सामाजिक समावेशीकरणका विषयमा संवेदनशील हुन अभिप्रेरित गर्नु पर्ने धितालले बताए ।
यस कार्यक्रमको मुख्य उदेश्य संस्थागत एवम् कार्यक्रमगत रूपमा समावेश गर्ने गरी लैङ्गिक तथा सामाजिक समावेशी उत्तरदायी अवधारणालाई सुनिश्चित एवं प्रभावकारी रूपमा लागू गर्नु ।
महिला, बालबालिका, गरिब तथा वञ्चित समूहका मानिसहरूको आवश्यकता र चाहनाप्रति अझ बढी संवेदनशील, उत्तरदायी, जबाफदेही हुन सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्नु ।
सरोकारवालाहरूलाई वार्षिक÷आवधिक योजना, कार्यक्रम तथा बजेट तर्जुमा, कार्यान्वयन र अनुगमन गर्दा लैङ्गिक तथा सामाजिक समावेशीकरणको विषयमा संवेदनशील, उत्तरदायी, जफावदेही हुन अभिप्रेरित गर्नु ।
स्थानीय जनता विशेष गरी महिला, बालबालिका, गरिब तथा वञ्चितीकरणमा परेका समूहका मानिसहरूको क्षमता विकास गरी यी वर्गहरुको स्थानी तहको विकास प्रक्रियामा सक्रिय सहभागिता सुनिश्चित गरी समावेशी विकास प्रक्रियालाई संस्थागत गर्नु ।
यो नीति र रणनीतिको कार्यान्वयनले लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई गाउँपालिकाको कार्यक्रममा दिगो रूपमा मूलप्रवाहीकरण रहेको थियो ।
कार्यक्रम कालिका स्वालम्वन सामाजिक केन्द्र, फेयरमेड यु.एस.एड र शिवराज नगरपालिकको सहकार्यमा संचालन गरिएको सामुदायिक स्वास्थ्य परिचालिका मन्जु सुवेदीले बताइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















