बर्दिया १० फागुन । बर्दियाको राजापुर नगरपालिका–४ छेदियामा आज ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।  स्थानीय पुनाराम थारुका ३ वर्षीय छोरा सोनमको मृत्यु भएको हो ।  ट्रकको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार बिहान ११ बजे बालकलाई भे १ क १३९६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । सवारी साधन सहित चालकलाई ईलाका प्रहरी कार्यालय राजापुरले नियन्त्रणमा लिएको छ ।