पत्रकार पौडेलको हत्यामा जन्मकैद सजाय तोकिएका गिरीलाई राष्ट्रपतिबाट माफी
काठमाडौं-पत्रकार यादव पौडेल हत्याका मुख्य आरोपी युवराज गिरीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी पाउनु भएका छन ।प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले कर्तव्य ज्यान सम्बन्धी कसूरमा कैद भुक्तान गरिरहेका गिरीलाई शनिबार माफी दिनु भएको हो ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा भण्डारीले गिरीसहित ५०१ जनाको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरिदिएकी हुन् । गिरीसहित जिल्ला कारागार, झापामा कैद सजाय भुक्तान गरिरहेका १६ जनाको बाँकी कैद माफी मिनाहा गर्ने निर्णय भएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो । उहाँले भन्नु भयो , ‘उहाँले झण्डै १० वर्ष सजाय काटिसक्नु भउको थियो ।’
मोरङ सिजुवा घर भएका पत्रकार पौडेलको २१ चैत २०६८ मा झापाको बिर्तामोडस्थित बसपार्कमा हत्या भएको थियो । पुनरावेदन अदालत, इलामले २५ असार २०७१ मा पत्रकार पौडेलको हत्यामा संलग्न गिरीसहित ३ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















