बुटवल ।

अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका-५ हाल सिद्धार्थनगर ८ भैरहवा निवासी निराजन पोख्रेलले जन्मदिनको अवसरमा विद्यालयका बालबालिका लाई सहयोग गरेका छ्न ।

समाजमा पछिल्लो समय जन्मदिनमा साथी भाई मिलेर पार्टी गर्ने, पैसा खर्च गरेर खानपिन गरि जन्मदिन मनाउने गर्छन् । तर पोख्रेलले आफ्नो जन्मदिनको अवसर पारेर बालबालिका लाई सहयोग गरेर एक उदाहरणीय काम गरेका हुन ।

माघ ८ गते जन्मदिन परेका पोख्रेलले आफ्नो
शुभदिन पारेर बिहीबार दि ईटर्नल फाउन्डेसन मार्फत काभ्रेको मण्डनदेउपुर ११, भाटपोलस्थित जनजागृति प्राथमिक विद्यालयका ३५ जना बालबालिका का लागि शैक्षिक तथा खेल-सामग्रीहरू प्रदान गरेका हुन । सहयोग गर्न पाउदा पोख्रेलले खुसी व्यक्त गरेका थिए ।

सहयोगको लागी दि ईटर्नल फाउन्डेसनले समेत आभार प्रकट गरेको थियो ।