श्री परमानन्द बैद्धिक बिध्या भवनको २४ औं बार्षीक उत्सब सम्पन्न
गुन्जनगर,४ फागुन
भरतपुर १८ को श्री परमानन्द बैद्धिक बिध्या भवन गुरुकुलको २४ औं बार्षीक उत्सब सम्पन्न भएको छ ।दान दाता टोल प्रसाद अधिकारी प्रमुख अतिथि रहनु भएको कार्यक्रममा शैक्षीक ब्यक्तित्व इन्द्र बिलास बराल,बिद्यालय संस्थापक अध्यक्ष खेम नाथ सुबेदी,बैद्धिक धर्म परीषद पश्चिम क्षेत्रीय अध्यक्ष जग्गनाथ कडेल, गुरुकुल सस्थापक अध्यक्ष मोतीलाल ढकाल,विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष श्रीलाल अधिकारि, सचिब स्याम प्रसाद सुबेदी,लिलाधर भटराइ, प्रसाद ढकाल बैद्धिक युवा परिषदका केन्द्रिय उपाध्यक्ष एब रेडियो साहिनोका व्यवस्थापक विश्व निधि अर्याल लगायतका विशिष्ट व्यक्तीहरुको उपस्तिथी रहेको थियो । श्री लाल अधिकारिले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा बार्षीक प्रतिबेदन गुरुकुलका प्राचार्य ज्ञान प्रसाद भुर्तेलले राख्नु भएको थियो ।कार्यक्रममा गुठियार कृष्ण प्रसाद लामिछाने,नारी जागरण समितीका अध्यक्ष राधा देबी काफ्ले, गुठियार लीला धर भटराइले कार्यक्रममा मन्तव्य राख्नु भएको थियो ।बिद्यालय व्यबस्थापन समीतीका अध्यक्ष मुक्ती नाथ ढकालको सभा अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















